Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा २४ घण्टामा थपिए ३ लाख ६ हजार ६४ जना कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्यामा केही कमि आएको छ । त्यस्तै भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन ।अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो ।

त्यसै गरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३३५ रहेको छ ।

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ रहेको छ ।

त्यसै गरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । रासस

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्