Logo
१३ बैशाख २०८१, बिहीबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब एसवाईएम एनएचटी २०० को मूल्य ६ लाख २५ हजार पुग्यो

नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको छ । पहिलो स्टक क्लियरेन्स भए पछि हाल यो मोटरसाइकल फेरि उपलब्ध भएको हो ।

नेपालका लागि आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल प्रालिले देशभरका सोरुममा यो मोटरसाइकल उपलब्ध भएको बताएको छ ।पहिले यो मोटरसाइकलको मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ रहेकोमा अब यसको मूल्य ६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सरकारले बजेटमार्फत बढाएको भन्सार दर बढ्नुका साथै उत्पादक कम्पनीले समेत मूल्य बढाएको कारण यो मोटरसाइकलको मूल्य समेत बढेको केजी इन्टरकन्टिेनेन्टलले जनाएको छ ।

आज देखि नै लागू हुने गरी यो मोटरसाइकलमा विन्टर अफर समेत उपलब्ध छ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउनेछन् ।

त्यस्तै कम्पनीले एक्सचेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ ।

नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको बताएको छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा उपत्यका वाहिर संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

अब छिट्टै नै इटहरीमा पनि यसको सोरुम खुल्दै छ । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।

यो बाइक १८३ सीसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्यधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्यधिक टर्क १५.७ एमएम र ७५०० आरपीएम छ ।

६ वटा गियर स्पिड, डवल च्यानल एबीएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००.९०-१९ र पछाडिको टायर साइज १३०/८०-१७ रहेको खत्रीले जानकारी दिइन् ।

यो बाइकमा फुल एलईडी लाइट छ । १२५ किमी परआवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्