Logo
८ बैशाख २०८१, शनिबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलोचनापछि राजपत्रमा मधेस प्रदेशले सच्यायो नेपालको नक्सा

मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको पुरानै नक्सा राखेको भन्दै आलोचना भएपछि नेपालको नक्सा सच्याएको छ ।

प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आज (आइतबार) प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो ।

संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले यसलाई तत्कालै सच्याउने बताएका थिए । आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्