Logo
१५ चैत्र २०८०, बिहीबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब टोयोटा हाइलक्स भारतमै उत्पादन हुने

टोयोटा हाइलक्स भारतीय बजारमा सार्वजनिक गरिएको गरेको छ । यसको बुकिङ पनि सुरु भइसकेको छ । हाइलक्स विगत ५ दशकदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको लोकप्रिय पिकअप हो ।

कम्पनीले हाइलक्सको उत्पादन भारतमा गर्ने भएको छ । यो कम्पनीको आईएमवी-२ प्लेटफर्ममा निर्माण हुनेछ । टोयोटा हाइलक्स ५ सिटको हुनेछ ।

कम्पनीले यसलाई डिजेल इन्जिनको विकल्पमा मात्र उत्पादन गर्नेछ । सो कारको मूल्यको जानकारी र डेलिभरी मार्चबाट सुरु हुनेछ ।

टोयोटाले हाइलक्सको ह्विलबेस बढाएर ३०८५ एमएम बनाएको छ । यसको लम्बाई ५३२५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १८६५ एमएम छ । हाइलक्सको ग्राउण्ड क्लियरेन्स २१६ एमएम छ र यसको तौल २.१ टन छ । सो गाडी ५ रङमा उपलब्ध हुनेछ ।

यसमा टोयोटा फर्चुनरमा प्रयोग गरिएको २।८ लिटर, फोर सिलिन्डर टर्बो डिजेल इन्जिन हुनेछ, जसले २०४ एचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ ।

हाइलक्समा सफ्ट टच मेटरियल, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट, पुश स्टार्टरस्टप बटन, जेबीएल सिस्टम, ड्युअल जोन अटो एसी र लेदरको अपहोल्स्ट्री उपलब्ध छ ।

यसमा फ्रन्ट पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अतिरिक्त एयरब्याग, एलएसडी र पावर एडजस्टेबल ड्राइभर सिट समावेश गरिएको छ ।यसमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइनेछ ।

यो पूर्णतया नयाँ सेगमेन्ट हुने कम्पनीले जनाएको छ । कम्पनीले यसलाई आफ्नै प्लान्टमा उत्पादन गर्न लागेको हो, यो पूर्णतया मेड इन इन्डिया उत्पादन हुने भएको छ ।

भारतमा लन्च गरेपछि टोयोटा हाइलक्सले इसुजु डी म्याक्स जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल अटो

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्