Logo
१५ चैत्र २०८०, बिहीबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगद्वारा कर्णालीका स्थानीय तहमा गरिएका बढुवा बदर

कर्णाली प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रमा रहेका स्थानीय तहले गरेको बढुवा बदर गर्ने निर्णय गरेको छ । स्थानीय तहले आफूखुसी कानुन बनाएर आयोगसँग परामर्श नलिई बढुवा गर्न थालेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले यस निर्णयको जानकारी तीन दिनअघि प्रदेशका सबै स्थानीय तहलाई पठाएको छ । सङ्घीय निजामती ऐन संसदबाट पारित नभएको र प्रदेश लोक सेवा आयोगहरू गठन नभएको भन्दै स्थानीय तहले विगतदेखि नै कर्मचारीको पदपूर्ति र बढुवा गर्दै आएका छन् ।

आयोग गठन भएपछि पनि परामर्श नगरेको भन्दै कर्णालीले खारेजीको निर्णय गरेको हो । लोक सेवा आयोग कर्णालीका प्रवक्ता तथा सूचना अधिकारी प्रेमप्रसाद आचार्यले आयोगसँग परामर्श नगरी कार्यक्षेत्रबाहिर गएकाले खारेजी गर्न पत्राचार गरेको बताएका छन् ।

कानुनतः बढुवा र पदपूर्तिको काम आयोगको कार्यक्षेत्रमा पर्ने उनले बताए । ‘धेरै स्थानीय तहमा आफैँ कानुन बनाएर बढुवा गरेको जानकारी प्राप्त भएपछि आयोगले बदरको निर्णय गरेको हो,’ आचार्यले भने । पदपूर्ति र बढुवा गरेको सङ्ख्या यकिन नभएको उनले बताए ।

आयोगले ऐन २०७५ को दफा ७१ को उपदफा २ बमोजिम स्थानीय तहले गरेको बढुवा खारेजीका लागि पत्राचार गरेको हो ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्