Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निफ्राले दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमायो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा निफ्राको नाफा २५.६६% ले बढेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१% र सञ्चालन नाफा २५.५७% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । गत वर्ष आइपीओ बिक्री गरेका कारण चुक्ता पुँजी बढेर २० अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ४४ पैसाले घटेर ४ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । बैंकले हालै मात्र ८% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त बोनस पुँजीकृत भएपछि चुक्ता पुँजी बढेर २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । जसका कारण अहिलेको प्रतिसेयर आम्दानी लगायत सूचकमा परिवर्तन आउन सक्नेछ । यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा छ ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्