Logo
१२ बैशाख २०८१, बुधबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्यो सुवेदी भन्छन् : ‘राजसंस्था कायम हुने समय आयो तर राजावादीहरूले समयमै ध्यान दिनुपर्छ’

ज्योतिषी दीपक सुवेदीले नेपालमा पुनः राजसंस्था कायम हुने समय आएको बताएका छन् ।

बेलाबेलामा सफल राजनीतिक भविष्यवाणी गर्दै आएका सुवेदीले फोरकास्ट टेलिभिजन युट्युबमा एक भविष्यवाणी गर्दै सो कुरा बताएको भिडियो प्राप्त भएको छ ।

ज्यो. सुवेदीका अनुसार राजनीतिक परिवर्तनसँग सम्बन्धित विशेष महत्त्वपूर्ण जस्तै संविधान घोषणा आदिको ग्रह कमजोर परेको र राजसंस्थाका प्रतिनिधिहरूको ग्रह अनुकूल परेको हुनाले राजसंस्था कायम हुने उनको दाबी छ ।

उनी भन्छन्,’राजसंस्था कायम हुने समय चाही आयो तर भाग्यमा छ भन्दैमा चाल्नोमा दुध अडिदैन । भाग्य भएर मात्रै हुन्न त्यसलाई कर्मयोग गरेर प्राप्त गर्नुपर्छ । राजसंस्था कायम हुने यो मौकालाई राजावादीहरूले समयमै बुझेर उपयुक्त कदम उठाउन जरुरी हुन्छ अन्यथा समय फुत्केपछि पछुतो मात्र हुनसक्ने छ ।’

समय समयमा विभिन्न खालका राजनीतिक लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय भविष्यवाणी गरी चर्चामा आउने गरेका सुवेदीको भविष्यवाणी ज्योतिषविज्ञानसँग तथ्यपरक हुने अनुमान गरिन्छ ।

जब जब उनले भविष्यवाणी गरेर राजनीतिक उथलपुथलको संकेत गर्छन त्यस्तै त्यस्तै पर्दै गएको पनि देखिन्छ । उनले यसै वर्षको वार्षिक भविष्यफल गर्दै यो वर्ष राजनीतिक उलटपुलट हुन्छ भनेर भनेका थिए नभन्दै लगभग दुईतिहाही बहुमतको ओली सरकार ढल्यो ।

सरकारमात्रै ढलेन कि नेकपा नै तीन कित्तामा विभाजित भयो । जुन कुरा सामान्यतया राजनीतिक अनुमानभन्दा पर हो, तर ज्योतिष विज्ञानको माध्यमबाट त्यस्ता संभावित घटनाक्रमलाई ज्यो. सुवेदीले देख्दै र बताउँदै आएका हुन् ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्