Logo
१२ बैशाख २०८१, बुधबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला प्रशासन रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

कोरोना संक्रमण बढ्दै गएका कारण रुपन्देही जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्यधिक भिडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधवार सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दा सम्बन्धी काम र अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू माघ ६ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरेको जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्तारनवीकरण, पेन्सन सिफारिस प्रमाणित, नाबालक परिचय पत्रलगायतका सेवाहरू स्थगन भएको उल्लेख छ ।

प्रशासनले अत्यावश्यक सेवा लिन आउनेका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्