सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाकाे मृत्यु
मधेश प्रदेश स्थित सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका-११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीको मृत्यु भएको छ ।
घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।