Logo
८ बैशाख २०८१, शनिबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजार भित्रियो नयाँ इलेक्ट्रिक कार ओरा गुड क्याट, यस्ता छन् विशेषता !

चीनको प्रख्यात कार उत्पादक कम्पनी ग्रेटवालले उत्पादन गरेको इलेक्ट्रिक कार ओरा गुड क्याट नेपाल भित्रिएको छ ।

औपचारिक लन्च हुन बाँकी नै रहेको यो कारबारे बिस्तृत बिबरणहरु सार्बजनिक भैनसके पनि इलेक्ट्रिक कारको बढ्दो बजारमा भने यसले राम्रै चर्चा बटुल्न थालिसकेको छ ।

हाल परीक्षणका लागि केही थान कार मात्र भित्राएको आधिकारिक बितरक भिजी इम्पेक्स प्रालिले जनाएको छ ।टेक, प्रो र अल्ट्रा गरी तीन भेरिएन्टमा उपलब्ध यी कारको मूल्य भने सार्बजनिक भैसकेको छ ।

जसअनुसार यी कारको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४३ लाख ९९ हजार र ४७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

झट्ट हेर्दा फक्वागन बिटल जस्तै लाग्ने यो कारको लुक्स हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारको तुलनमा एकदमै पृथक प्रकारको छ । नेपाली बजारमा अहिले एसयुभी र क्रसओभर सेग्मेन्टका इलेक्ट्रिक कारको माग उच्च रहँदै आएको अबस्थामा रेट्रो क्लासिक लुक्स भएको ह्याचब्याक कार गुड क्याटलाई इभी पारखीले कत्तिको रुचलाउन भन्ने बिषयमा जनकारी पाउन केही समय कुर्नुपर्ने देखिन्छ ।

ब्याट्री र मोटर क्षमताका आधारमा यसको टेक र प्रो भेरियन्टले हुन्डाई कोना, एमजी जेडएस र टाटा नेक्सनसंग प्रतिस्पर्धा गर्ने देखिएको छ । गुड क्याटको यी भेरियन्टमा ४७.७८ किलोवाट आवर क्षमताको ब्याट्री र १०५ किलोवाट आवरको मोटर जडान गरिएको छ ।

जवकी हुन्डाई कोनामा ३९.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर, एमजी जेडएसमा ४४.५ किलोवाट आवरको ब्याट्री र ११० किलोवाटको मोटर तथा टाटा नेक्सनमा ३०.२ किलोवाट आवरको ब्याट्री र ९५ किलोवाटको मोटर जडान गरिएको छ ।

मूल्यका हिसावले यी भेरियन्टको सिधा टक्कर भने टाटा नेक्सन र एमजी जेडएससंग हुने देखिन्छ । नेपाली बजारमा नेक्सन इभीको मूल्य ३६ लाख ९९ देखी ४० लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएकोमा गुड क्याटको यी भेरियन्टको भने ३९ लाख ९९ हजार र ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

जसका आधारमा गुड क्याटको टेक भेरियन्ट नेक्सन इभीको बेस भेरियन्ट भन्दा ३ लाख र प्रो भेरियन्ट समेत नेक्सन इभीको टप भेरियन्टको तुलनामा ३ लाख रुपैयाँले महंगो देखिएको छ ।

त्यसैगरी एमजी जेडएसको ५० लाख ९९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । जुन गुड क्याटको यी भेरियन्टको तुलनामा ११ लाख रुपैयाँसम्मले बढी हो ।

हुन्डाई कोनाको भने ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।त्यसैगरी यसको अर्को भेरिएन्ट अल्ट्रमा ६३.१३० किलोवाटको ब्याट्री जडान गरिएको छ ।

ब्याट्री क्षमताका आधारमा यसको सिधा प्रतिस्पर्धा हुन्डाईकै अर्को इभी कोना, किया निरो र बिवाइडीको नयाँ ई६ संग हुने देखिन्छ । कोना र निरोमा ६४ किलोवाट तथा बिवाइडी ई६मा ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।

ब्याट्री क्षमता समान भएपनि यी कारको मूल्यमा भने निकै ठूलो अन्तर रहेको देख्न सकिन्छ । गुड क्याटको यो भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएकोमा कोनाको ७४ लाख ९६ हजार, निरोका ६९ लाख ९० हजार र बिवाइडी ई ६को ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

जसका आधारमा गुड क्याटको यो भेरियन्ट कोनाभन्दा २७ लाख, निरोभन्दा २२ लाख र बिवाईडी ई६ भन्दा ९ लाख ५० हजार रुपैयाँले सस्तो देखिएको हो । नेपाल अटो

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्