Logo
१३ बैशाख २०८१, बिहीबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो ।आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।

प्रथम बलिदानीको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । बलिदानी दिवसको अवसरमा मधेश सरकार आज राजविराजमा बलिदानी दिवस मनाउन लागेको छ ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई मधेश बलिदानी दिवसका रूपमा मनाउने गरिएको छ ।यसै अवसरमा सप्तरीमा आज विशेष कार्यक्रम आयोजना हुँदैछ । यस वर्षको कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिनेछ ।

प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मंगलबार पनि सार्वजनिक विदा दिइएको थियो ।

कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्रीहरु गएराति नैं राजविराज पुगेका छन् ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्