Logo
८ बैशाख २०८१, शनिबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढ्दै गएपछि उपत्यकाका धार्मिक स्थलमा दर्शन र पूजाआजा गर्न माघ मसान्तसम्म रोक

तिव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका धार्मिक स्थलमा दर्शन र पूजाआजा गर्न माघ मसान्तसम्म रोक लगाइएको छ ।

संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उपत्यका भरि नै पूजाआजामा रोक लगाएका हुन् ।

उपत्यकाका धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ ।संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मङ्गलवारदेखी अस्थायी रोक लगाएको बताइएको छ ।

यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्