Logo
८ बैशाख २०८१, शनिबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना आगो झै फैलिदैँ, एकैदिन थपिए ६७३४ जना संक्रमित

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमित दर आगोझै फैलिदै  गइरहेको छ । पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरीएको १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा देशभर १४३३६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढी रहेको बेला नेपालमा पनि कोरोना संक्रमण दर एकदमै बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्