Logo
१२ बैशाख २०८१, बुधबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन दिइएन कटरीना-विकीको विवाहमा सलमानलाई निम्तो ?

बलिउड अभिनेत्री कटरीना कैफले बलिउड अभिनेता शलमान खानलाई आफ्नो विवाहमा नबोलाएको खुलासा भएको छ । कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् ।

विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो भइरहेको थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।

एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’ ।

उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।एजेन्सी

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्