Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झाँक्रीले भनिन् : ‘प्रदेश र संघीय सरकारी निकायबीच समन्वय नहुँदा सोचे जुस्तो काम गर्न सकिएन’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच समन्वय नहुँदा सोचे जुस्तो काम गर्न नसकिएको बताएकी छन् ।

मन्त्री भएको १०० दिन पूरा भएको अवसमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताएकी हुन् ।

झाँक्रीले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गरेकी छन् ।झाँक्रीले कार्यभार सम्हालेपछिका सयदिन कार्यकालको ३७ बुँदे कार्यप्रगति विवरण आज सार्वजनिक गरेकी हुन् ।

सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताएकी छन् ।प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनको भनाइ छ ।

उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरुबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोही अनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् ।

प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीको भनाइ छ । वागमती सरसफाइ र विकासका लागि छिटै गुरुयोजना बनाएर अघि बढने उनले बताइन् ।

वागमती सफाइ गर्न पानीको ड्याम बनाउने कार्य भइरहेको उनले जानकारी दिइन् ।उनले वागमती नदीलाई ढल मुक्त बनाउने प्रतिवद्धता व्यक्ति गरिन्।वागमती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिवद्धता जनाइन् ।

जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौँका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् । काठमाडौं फोहोर मैला व्यवस्थापन गर्ने तयारी स्वारुप अनुसन्धान केन्द्रको स्थापना हुने मन्त्री झाँक्रीले बताइन् ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्