Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइकको यस्ता छन् विशेषता !

भारतमा हालै येज्दीको मोटरसाइकलले २६ वर्षपछि येज्दी स्क्राम्बलर बाइक लन्च गरेको छ । कम्पनीले आफ्ना तीनवटा बाइक येज्दी रोडस्टर, येज्दी एड्भेन्चर र येज्दी स्क्राम्बलर भारतमा लन्च गरेर बजारमा आफूलाई पुनः स्थापित गरेको छ । जावा र बीएसए पछि येज्दी एक मात्र ब्रान्ड हो जुन क्लासिक लेजेन्ड्स अन्तर्गत पुनः लन्च गरिएको छ ।

सस्पेन्शन, रङ र डायमेन्सन
येज्दी स्क्राम्बलर भारतीय बजारमा ६ रङमा उपलब्ध छ । यसमा ड्युअल टोन मिडनाइट ब्लु, सिंगल टोन फायर ओरेन्ज, ड्युअल टोन मीन ग्रीन, सिंगल टोन आउटलाओ ओलिभ, ड्युअल टोन रिबेल रेड र सिंगल टोन येलिङ येल्लो रङमा उपलब्ध छ ।

बाइकको ह्विलबेस १४०३ एमएम र सिटको उचाई ८०० एमएम छ । फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ । साथै यसको पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ ।

ब्रेक, वजन र इन्धन क्षमता
येज्दी स्क्राम्बलरको वजन १८२ किलोग्राम छ । बाइकमा १२।५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक दिइएको छ । सो बाइकको फ्रन्टमा फ्लोटिङ क्यालिपरसहित ३२० एमएम डिस्क ब्रेक जडान गरिएको छ ।

साथै यसको पछाडि फ्लोटिङ क्यालिपरसहित २४० एमएम डिस्क ब्रेक दिइएको छ । सुरक्षाका लागि बाइकको अगाडि र पछाडि दुबैमा एबीएस फिचर दिइएको छ ।

मूल्य
भारतीय बजारमा यस बाइकको एक्स–शोरूम मूल्य २ लाख ४ हजार ९०० देखि २ लाख १० हजार ९०० भारु बीच तोकिएको छ । यसको प्रतिस्पर्धा भारतीय बजारमा होन्डा सीबी३५० आरएससँग रहेको छ ।

इन्जिन
येज्दी स्क्राम्बलरमा पावरका लागि ३३४ सीसी सिंगल सिलिन्डर, ४-स्ट्रोक, लिक्विड कुल्ड डीओएचसी इन्जिन दिइएको छ । जसले अधिकतम २९.१० पीएसको पावर र २८.२० एनएमको टर्क जेनेरेट गर्छ ।

यसको इन्जिन ६ स्पिड गियरबक्सले सुसज्जित छ ।यो बाइक नेपाली बजारमा भने तत्काल आउने सम्भावना कम रहेको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्