Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको भएपछि स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सुदुरपश्चिम प्रदेश स्थित कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

घटनाको विरोधमा सोमबार बिहानैदेखि स्थानीयले लम्कीचुहा नगरपालिका(४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

स्थानीयले टायर बालेर राजमार्गमा प्रदर्शन पनि गरिरहेका छन् ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्