Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने,’एक/दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ, त्यसको तयारी भइरहेको छ ।’

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

तर पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्