Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन आज मतदान हुँदै

प्रदेश नं २ को प्रदेशसभामा आज प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन मतदान हुँदै छ । प्रदेशसभामा विभिन्न दलहरुहरुले पेश गरेका नाम र स्थायी राजधानी सम्बन्धि प्रस्तावमा आज मतदान गराउने कार्यसूचि रहेको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति पनि सहमति जुटाउन असफल भएपछि मतदानमा जाने निर्णय गरिएको हो ।

प्रदेशसभाको हिजो बसेको बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानबाट नाम र स्थायी राजधानीका प्रस्तावहरुलाई टुंग्याउनु पर्ने समितिको राय सुनाएका थिए । ।

२ नम्बर प्रदेशलाई ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका छन् । यस्तै, स्थायी राजधानीमा जनकपुरधाम र बीरगञ्ज प्रस्ताव गरिएको छ ।

संविधान अनुसार यी दुवै प्रस्ताव दुई तिहाई बहुमतले पारित हुनुपर्दछ । तर प्रदेशसभामा कुनै पनि दल वा गठबन्धनको दुई तिहाई बहुमत नरहेकाले दुवै प्रस्ताव असफल हुने देखिएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीबीच मोर्चाबन्दीको प्रयास पनि भईरहेको छ । २०७६ चैतमा पनि नाम र राजधानी सम्बन्धि प्रस्तावमा मतदान हुँदा दुई तिहाई नपुगेर असफल भएको थियो ।

 

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्