मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आज प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् ।
उनले १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरि प्रगति विवरण सार्वजनिक गर्न लागेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी हुन् ।