Logo
८ बैशाख २०८१, शनिबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा लक्जरी प्याकेज सहितको फक्सवागन ट्वारेग-आर, यस्ता छन् विशेषता !

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ ।

पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर-ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ ।

नयाँ एसयूभी ट्वारेग-आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००-६४०० आरपीएममा ३४० पीएस पावर र १३७०-४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।

फक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो ।

डिजाइनर ‘फ्राङ्क ब्रुज’ ले नयाँ ट्वारेग-आरको डिजाइन गरेका छन् जसले औडी क्यु-७, पोर्श कयेन, बेन्ट्ली बेन्ताइघा र ल्याम्बोर्गिनी युरुसबाट समान प्लेटफर्म र धेरै प्रविधिहरू साझा गर्दछ ।

ट्वारेग-आर एउटा ठूलो आकारको फन-टु-ड्राइभ लक्जरी एसयूभी हो, जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो ।

नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरण गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो ।

२०१० मा बिक्री बितरण भएदेखि नै ट्वारेग–आरले एसयुभी सेग्मेन्टमा नयाँ बेन्चमार्क स्थापित गदै आएको छ, ।ट्वारेगले ‘सर्वश्रेष्ठ लक्जरी एसयूभी’, ‘स्पोर्ट्स युटिलिटी अफ द इयर’, फोर ह्विलर अफ द इयर’ र ‘फोर ह्विल ड्राइभ अफ द इयर’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न अवार्डहरु जित्दै आएको छ ।

ट्वारेगको अपग्रेड गरिएको परिरूप, नयाँ ट्वारेग–आर लाइन, फक्सवागनको लामो इतिहासमा उत्पादन गरिएको सबैभन्दा शक्तिशाली कार हो जसले आफ्नो छाप बनाउन र आफ्नो पूर्ववर्ती जस्तै विरासत दोहोर्याउन नेपाली बजारमा आएको कम्पनीको भनाइ छ ।

नयाँ ट्वारेग-आरमा आठ स्पिड अटोमेटिक गियरबक्स, २० इन्चको अलोय ह्विल, ट्र्याक्सन कन्ट्रोल र फोर ह्विल ड्राइभ रहेको छ जस्ले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव दिन्छ ।

नयाँ ट्वारेग-आरमा एआर जेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हिटेड सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेललाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, डायनाडियो कन्सिक्वेन्सको १४ स्पिकरहरूका साथमा ४ सबवुफरहरू जस्ता विभिन्न प्रकारका आधुनिक सुविधाहरू छन् ।

ट्वारेग-आरका विशेष सुविधाहरूमा एक्टिभ एयर सस्पेन्सन, अल-ह्विल स्टेयरिङ, एबीएस प्लस र डीफ्रेन्सिअल लक समावेश छन् । एयर सस्पेन्सनले सवारीको उचाइ बढाउनका साथै चलाउदा भाइब्रेसनमा कमी गराइ चालकलाई थप आराम प्रदान गर्दछ ।

उच्च गतिको अवस्थामा अल-ह्विल स्टेयरिङ हुनुको फाइदा भनेको लेन परिवर्तन गर्दा, र उच्च स्पिडमा कुनामा जाँदा कम झुकाव हुन्छ र गाडी अझ स्थिर हुनेछ ।

डीफ्रेन्सिअल लकले सबै पाङ्ग्राहरूलाई एउटै गतिमा घुमाउन घर्षणको पर्वाह नगरी बल दिन्छ । यी सबै सुविधाहरूको साथ कम्पनीको दावी छ कि जस्तोसुकै टेरेन र कठिन सडकमा पनि ट्वारेग-आर सँगैको यात्रा कठिन हुँदैन ।

ट्वारेग–आर स्टाइलिस बोल्ढ एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । कारमा भएको अगमेन्टेड रियालिटी सहितको इन्फोटेन्मेन्ट सिस्टमयुक्त ड्यासबोर्डले यसको प्रिमियम अपिललाई अझै बढाएको छ ।

यसमा फ्रेमलेस इन्टेरियर रियर भ्यू मिरर, अटो डिमिङ र अटो फोल्डेबल साइड मिरर, ८१० लिटर बुट स्पेससहितको सेन्सर कन्ट्रोल लगेज कम्पार्टमेन्ट जस्ता सुविधाहरू पनि छन् ।

यी सबै आधुनिक युगका कनेक्टिभिटी फिचर र विभिन्न असिस्टेन्स, कम्फर्ट, लाइटिङ र इन्फोटेनमेन्ट सिस्टमका कारण ट्वारेगले अन्य कारमा भविष्यमा प्रयोग गरिने फिचरलाई अहिले नै मार्गदर्शन गरेको छ ।

अति कम उत्सर्जन र प्रभावशाली प्रदर्शन जस्ता दुवै क्षमता भएको ट्वारेग–आरले ५.९ सेकेन्डमै 0 देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघण्टा छ । यो ब्रान्डकै सबैभन्दा ठूलो मोडल र टेक्नोलोजी अभियानमा कोशेढुंगा सावित भएको छ ।

आकर्षक डिजाइन, इनोभेटिभ अपरेटिङ, सहजता र सुरक्षात्मक प्रणाली एवं यसमा प्रयोग भएका उच्च गुणस्तरीय सामग्री र यसको शिल्प कौशलताका कारण प्रिमियम क्लास एसयूभीमा पनि फक्सवागन ट्वारेग-आर टप क्लास पोजिसनमा रहन सफल भएको छ ।

ट्वारेग-आरले यूरो एनक्यापबाट पाँच-तारे सुरक्षा मूल्याङ्कन प्राप्त गर्दछ, जसमा वयस्क र बालबालिकाको सुरक्षाको लागि क्रमशः ८९ प्रतिशत र ८६ प्रतिशत समावेश छ ।

यस्ता सबै प्राविधिक विशेषता र विभिन्न फिचरका कारण ट्वारेग–आर एउटा सामान्य फक्सवागन गाडी मात्र नभएर कम्प्लिट लक्जरी प्याकेज सहितको बोस-वागन भएको कम्पनीको दाबी छ ।

नयाँ एसयूभी ट्वारेग-आरको आगमन पश्चात यसले बजारमा आफ्नो उपस्थितिलाई अझै बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ । कम्पनीले नयाँ ट्वारेग-आरको प्रारम्भिक मूल्य ३ करोड २५ लाख रुपैयाँ राखेको छ ।

यसको प्रतिस्पर्धा बीएमडब्ल्यु एक्स५ र रेन्ज रोभर स्पोर्ट्स आदिसँग हुनेछ ।

 

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्