Logo
१९ आश्विन २०८१, शनिबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरीक्षणपछि मन्त्री आलेले भने : ‘बतासले सन्चालन गरेको धर्मशाला सेभेन स्टार जस्तो रहेछ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनले सन्चालन गरेको पशुपति धर्मशाला सेभेन स्टार जस्तो रहेछ बताएका छन् । साथै उनले उक्त धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन्।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको र सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्