Logo
८ बैशाख २०८१, शनिबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानलाई सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान

अफगानिस्तानलाई मानविय सहायता दिन नेपाली टोली काबुल प्रस्थान गरेको छ । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको हो ।

आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा र भाँडाकुँडा समावेश छ । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको छ ।

संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ ।सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएका हुन् ।

यसैगरी, ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्‍याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान उपलब्ध गराएको छ ।

गत भदौमा तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकासहित पश्चिमा राष्ट्रहरु, विश्व बैंक, आइएमएफलगायतले अफगानिस्तानको विदेशमा रहेको सम्पति रोकिदिएका कारण अफगानिस्तान चरम संकटमा फसेको छ ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्