Logo
१३ बैशाख २०८१, बिहीबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रदेश २ को बैठक, नाम र राजधानीबारे छलफल हुने

प्रदेश २ को प्रदेश सभाको बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

समितिले प्रतिवेदन पेश गरेपछि आज सो विषयमा छलफल हुने प्रदेश सभा सचिवालयले स्रोतले जानकारी दिएको छ । प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।

समितिमा पटक-पटक छलफल भएपनि सहमति हुन सकेको छैन् । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

दलहरू आ-आफ्नै अडानमा छन् । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ ।नाम र राजधानी तोक्न प्रदेश सभामा दुई तिहाइ मत आवश्यक पर्छ।

कुल १०४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्