Logo
६ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड-१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए ।

उनले नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताएकी थिइन् ।

उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएकी छन् ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्