Logo
११ बैशाख २०८१, मंगलबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ टीजर ट्रेलर रिलिज

अभिनेता अनमोल केशि र अभिनेत्री सुहाना थापाको अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शुक्रबार टीजर ट्रेलर रिलिज भएको छ ।

सुनिल थापाले निर्माण र झरना थापा निर्देशित फिल्मको टीजर सार्वजनिक भएसँगै निर्माण टिमले आगामी बैशाख १ गते (अप्रिल १४) गते प्रदर्शन मिति घोषणा गर्ने भएको छ ।

टीजर ट्रेलर जम्मा १ मिनेट ४४ सेकेन्ड लामो छ । जसमा फिल्मका दुई मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई देखाइएको छ ।

टीजरमा प्रेम, रोमान्स र बिछोडका तीन अवस्थालाई चित्रण गरिएको छ ।टीजरमा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र उत्तम न्यौपाने सीएएसको ध्वनी सुन्दा आनन्द आउछ । संजय लामाको छायांकन रहेको छ ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्