Logo
७ बैशाख २०८१, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्नुपर्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।

निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका थिए ।

आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । एमालेले गठबन्धनले चुनाव सार्न खोजेको आरोप लगाउँदै आएको छ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्