Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील पार्टीको प्रश्न : मोदीको आपत्तिजनक अभिव्यक्तिमा नेपाल सरकारको मौनता किन ?

विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आपत्तिजनक अभिव्यक्तिमा नेपाल सरकारको मौनता र लाचारीपन भएको बताएको छ ।

शुक्रबार विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पाठकले विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको बताएका छन् ।

विवेकशीलले विज्ञप्तिमा भनेको छ, ‘कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’

साथै सो पार्टीले नेपाली भू–भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य नहुने भन्दै नेपाली भूमिमा गरिआएका सबैखाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्