Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, सचिव बढुवा निर्णय गर्दै

file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार)मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको दोस्रो पटकको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै बैठक दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको हो ।

प्रधानमन्त्रीले देउवाले बैठकसँगै अन्य नियमित कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ ।बिहीबार गरिएको कोभिड परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।

गत शनिवारदेखि राजनीतिक भेटघाट र औपचारिक कार्यक्रम स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका एक सचिवलाई बढुवा गर्दै छ । मङ्गलवार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्