Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको जलपाइगुडीमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३६ घाइते

छिमेकी भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

गुवाहटी-बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।
रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्