Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन थपिए २ लाख ६४ हजार कोरोना संक्रमित

छिमेकी मुलुक भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा ६.७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

 

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्