Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।उक्त बैठक ११ बजेका लागि बोलाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ ।

पौडेलका अनुसार सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदै छ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेपछि आयोगले निर्वाचनको तयारी थालेको छ ।

निर्वाचन अगाडि मतदाता नामावली सङ्कलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्