Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण बढेको बढ्यै, ३ हजार ५५३ नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको नमूना परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण देखिएको हो।

१० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२२ जनामा र ४ हजार ५८३ जनाको एन्टिजन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ।

त्यस्तै, आज २७१ जना कोरोनामुक्त भएका छन्। योसँगै नेपामला कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित छन्। पछिल्ला दिनमा कोरोना संक्रमण बढिरहेको छ। हिजो बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्ट भएको थियो।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्