Logo
८ बैशाख २०८१, शनिबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमजी जेडएस ईभी फेसलिफ्ट लन्च हुँदै, यस्तो छ विशेषता !

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गरेको छ ।जसमा उत्कृष्ट ब्याट्री रेन्ज र लेटेस्ट फिचर हुने भएको छ ।

एमजीको नयाँ इलेक्ट्रिक ईभीले भारतमा इलेक्ट्रिक एसयूभी टाटा नेक्सनलाई कडा प्रतिस्पर्धा दिन सक्छ ।हालै एमजी मोटर्सको आगामी इलेक्ट्रिक एसयूभी परीक्षणको क्रममा देखिएको छ ।

एमजी मोटर्सले नयाँ अवतार र उत्कृष्ट फिचरसहित इलेक्ट्रिक कार पेश गर्ने अनुमान गरिएको छ ।एमजी जेडएस ईभी फेसलिफ्ट गत वर्ष युरोपेली देशहरूमा पेश गरिएको थियो ।

यसमा स्लिकर एलईडी हेडल्याम्पको साथमा नयाँ हेक्सागोनल क्लोज्ड फ्रन्ट ग्रिल देख्न सकिन्छ ।यसको बम्पर हालको मोडलभन्दा ठूलो हुनेछ । एमजी जेडएस ईभी फेसलिफ्टमा १७ इन्चको नयाँ मल्टि-स्पोक अलोय ह्वीलको साथमा नयाँ एलईडी टेलल्याम्प देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार अपडेट गरिएको एमजी जेडएस इलेक्ट्रिकको इन्टेरियर कुनै परिवर्तन हुने छैन । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एमजी आई-स्मार्ट कनेक्टेड कार टेक्नोलोजी र अन्य फिचर समावेश गरिएको छ ।

२०२२ एमजी जेडएस ईभी फेसलिफ्टमा ५१ केडब्ल्युएच र ७२ केडब्ल्युएच युनिट पावरट्रेन र ब्याट्री रेन्ज रहेको छ । जसको ब्याट्री रेन्ज एक पटक चार्जमा ५०० किलोमिटर देखि ६०० किलमिटर रहेको छ

हाल भारतीय बजारमा बिक्रीको लागि उपलब्ध एमजी जेडएस ईभी मोडेलको ब्याट्री रेन्ज ४१९ किलोमिटरसम्म छ । एमजी जेडएस ईभी फेसलिफ्टमा फास्ट चार्जिङको सुविधा पनि प्रदान गरिनेछ ।

एमजी जेडएस इलेक्ट्रिक फेसलिफ्टको सम्भावित मूल्य लगभग २५ लाख भारु हुन सक्छ ।हाल नेपाली बजारमा पनि एमजी जेडएस ईभी उपलब्ध छ । यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ छ । नेपाल अटो

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्