Logo
२९ आश्विन २०८१, मंगलबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारीद्वारा प्रदर्शनमा

काठमाडौंस्थित वीर अस्पतालको प्रशासकीय प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिन कर्मचारी प्रदर्शनमा उत्रिएका छन् ।

स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा। लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् ।

अस्पतालबाहिरका व्यक्तिले भित्रको समस्या बुझ्न नसक्ने भन्दै कर्मचारी प्लेकार्डसहित प्रदर्शमा उत्रिएका हुन् । उनीहरूले सरुवा बदर गर्न र वीर अस्पतालमा वीरकै नेतृत्व कायम राख्न माग गरेका हुन् ।

वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पतालको सुधारका विरोधी रहेको र अहिले अर्बौंको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर आउन लागेको भन्दै अस्पतालमा प्रवेश नदिने चेतावनी कर्मचारीको छ ।

बस्नेत आएपछि अस्पतालमा सुधार भइरहेका बेला अस्पतालबाहिरबाट आउने प्रमुखलाई स्वीकार नगर्ने कर्मचारी संघको भनाइ छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा.भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका कारण पुरानो मिति राखेर लोहनीलाई वीरमा सरुवा गरिएको र १२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवामा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको कर्मचारी संघका नेताहरूको आरोप छ । लोहनी माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्य पनि हुन् ।

१२ औं तहमा बढुवा हुनेवित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठीक नभएको उनीहरूको आरोप छ ।

 

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्