एमालेको हालसम्म ५८ जिल्लामा नेतृत्व चयन, यस्तो छ परिणाम {सूचीसहित}
नेकपा एमालेको जिल्ला अधिवेशनको परिणाम अहिलेसम्म ५८ जिल्लाको परिणाम आएको छ ।एमालेको जिल्ला अधिवेशन सुरू भएको छैटौं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको परिणाम आएको हो ।
पछिल्लो पटक कास्कीमा मनबहादुर गुरुङ र सुर्खेतमा अमृत बिसी जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।
केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।
जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् । केहि जिल्लाहरुमा मतगणनाको क्रममा छ । दैलेखमा फर्जी मतको विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित गरिएको छ ।
यी हुन् हालसम्म निर्वाचित ५८ जिल्लाका अध्यक्ष-
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३.खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम-तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर -शरणकुमार राई
८. इलाम- महेश बस्नेत
९. सोलुखुम्बु-डुफकुमार बास्तोला
१०. उदयपुर-प्रमेश्वर घिमिरे
११.ओखलढुंगा-शंकर कटुवाल
१२. ताप्लेजुङ-भुपेन्द्रबहादुर थेबे
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल
वागमती
१. धादिङ -भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर- बचन देउजा
४. रसुवा- कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट -बद्री मैनाली
७. मकवानपुर- एकलाल श्रेष्ठ
८. काठमाडौं- दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली-कुमारबहादुर कार्की
११.दोलखा- नरबहादुर श्रेष्ठ
गण्डकी
१. गोरखा- प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी- देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ-हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर-मुक्ती पाण्डे
८. स्याङ्जा -सूर्य प्रसाद गैरे
९. कास्की-मनबहादुर गुरुङ
लुम्बिनी
१. पाल्पा -धनेन्द्रराज घिमिरे
२.गुल्मी- बालकृष्ण काउछा मगर
३.अर्घाखाँची – पिताम्बर भुसाल
४.बाँके – किस्मत कुमार कक्षपती
५.बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८.कपिलवस्तु-डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
१०.प्युठान–बिजयविराज विष्ट
कर्णाली
१. डोल्पा -शेरबहादुर बुढा
२. सल्यान- गोविन्द पुन मगर
३. जुम्ला- शान्तिलाल महत
४.रुकुम-नन्दराम देवकोटा
५. जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत-अमृत बिसी
सुदूरपश्चिम
१. डडेल्धुरा -प्रकाश साउद
२. बैतडी-सुरेन्द्र पाल
३. डोटी-चक्र मल्ल
४. कैलाली- रतन थापा
५. दार्चुला-प्रेमसिंह धामी
६. बाजुरा-कालीबहादुर शाही
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष -उमेश ढकाल