Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण १२ वर्षमा लाग्ने मकर मेला स्थगित

कोरोनाको संक्रमण बढेपछि काभ्रेको पनौती नगरपालिका -७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत् मकर मेला स्थगित भएको छ ।

मंगलबार जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो  । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा हुने भेला तथा महोत्सव नगर्नका लागि मेला आयोजक समितिलाई आग्रह गर्ने निर्णय गरेको हो ।

सरकारले कुनै किसिमका मेला तथा महोत्सव नगर्न तथा २५ जनाभन्दा बढी बेला नहुन आग्रह गरेपछि मकर स्नानका लागि पनि भिडभाड नगर्ने र स्नानमा सहभागी हुँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी व्यवस्था मिलाउने निर्णय गरिएको डीसीएमसीले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेकोले महोत्सवका कार्यक्रम स्थगित गरिएको डीसीएमसीले जनाएको छ ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्