Logo
१३ माघ २०७८, बिहीबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘जी ले जरा’मा कटरीनाको अपोजिटमा विकी कौशल !

बलिउड फिल्म‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् ।एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् ।

फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् ।

फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन् । ‘विकी कौशललाई फिल्ममा कटरीना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ ।

त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन् । यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन् ।

जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।फिल्मका लागि अर्को पनि एक अभिनेताको खोजी भइरहेको छ । फिल्मका प्रमुख पात्रमा तीन महिला हुने भएकाले अभिनेता खोज्न त्यति गाह्रो नपर्ने निर्माण पक्षको बुझाई छ ।

फिल्मको लेखक जोया अख्तर, फरहान अख्तर र रीमा कागती हुन् । यो फिल्ममा पहिलोपटक प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट स्क्रिन शेयर गर्दैछन् ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्