Logo
१२ बैशाख २०८१, बुधबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : काजोलले यसकारण लगाएकी थिइन् ‘कुछ कुछ होता हे’फिल्ममा हेयरबेण्ड !

बलिउड फिल्म निर्माता करण जोहरको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् ।

फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो ।

काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो । जुन रहस्यलाई वर्षौपछि करण जोहारले हालैमात्र खुलाएका छन् ।

हालैमात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए । यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए ।

करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन । तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन् । फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो ।एजेन्सी

 

प्रकाशित मिति: Jan 10, 2022

प्रतिक्रिया दिनुहोस्