सिसिएमसिसीको विद्यालय बन्दको निर्णयबारे छलफल गर्न आज शिक्षा मन्त्रालयको बैठक
सिसिएमसिसी बैठकले कोरोना संक्रमण बढेसँगै विद्यालय बन्द गर्ने बैठकले निर्णय गरी गरेको सिफारिसबारे छलफल गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक आज (सोमबार) बस्दै छ ।
जनस्वास्वास्थ्यविदहरूको राय अनुसार हिजो (आइतबार) मात्र कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।
सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनी स्वास्थ्य मन्त्रालयलयको सिफारिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताउँछिन् ।
‘अहिले धेरै विद्यालयमा हिउँदे बिदा छ, यसलाई लम्ब्याउन सिफारिस गरिएको हो,’ उनले भनिन् ।सिसिएमसिसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर सङ्घीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो ।