Logo
७ बैशाख २०८१, शुक्रबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाईको उत्कृष्ट इलेक्ट्रिक कार आयोनिक ५ लन्च हुँदै, यस्ता छन् विशेषता!

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक ५ लन्च गर्ने तयारी गरिरहेको छ ।

हुन्डाई आयोनिक ५ एक इलेक्ट्रिक कार हो । सो कार ई-जीएमपी वा इलेक्ट्रिक-ग्लोबल मोड्युलर प्लेटफर्ममा निर्माण गरिएको हो । हुन्डाईले यो प्लेटफर्म विशेषगरी इलेक्ट्रिक सवारीका लागि विकास गरेको हो ।

आयोनिक ५ यस प्लेटफर्ममा निर्माण हुने पहिलो गाडी हो ।आयोनिक ५ मा पाङ्ग्राहरू छेउतिर राखिएको छ जसले ह्विलबेसलाई बढाइएको छ भने क्याबिन स्पेस पनि ठुलो बनाएको छ ।

यो एक ईभी प्लेटफर्म भएकोले बीचमा कुनै कर्भ छैन । यसको भुइँ पूरै समतल छ । आयोनिक ५ मा पर्याप्त सिट क्षमता छ र ड्यासबोर्ड पातलो बनाइएको छ । क्याबिनको स्पेस ठुलो देखाउनका लागि सेन्ट्रल कन्सोललाई अगाडि सार्न सकिन्छ ।

हुन्डाईले आयोनिक ५ रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी दुई कन्फिगरेसनमा उपलब्ध छ । रियर ह्विल ड्राइभमा सिंगल मोटर सेटअप छ ।

जसले अधिकतम १६९ बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । अल ह्विल ड्राइभ भर्सनमा ड्युअल मोटर सेटअप रहेको छ । यसमा दुबै एक्सलमा एक इलेक्ट्रिक मोटर छ । जसले अधिकतम ३०६ बीएचपीको पावर र ६०५ एनएमको टर्क जेनेरेट गर्छ ।

यसको साथै कारमा दुईवटा ब्याट्री प्याक ५८ केडब्ल्युएच र ७२.६ केडब्ल्युएच पनि उपलब्ध छन् । ५८ केडब्ल्युएच ब्याट्रीको ड्राइभिङ रेन्ज ३८५ किलोमिटर र ७२.६ केडब्ल्युएच ब्याट्रीको ड्राइभिङ रेन्ज ४८१ किलोमिटर छ ।

यसको ३५० केडब्ल्युको फास्ट चार्जरको साथ १८ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।नेपाली बजारमा पनि यो कार छिट्टै नै ल्याउने तयारीका साथ कार्य भइरहेको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्