Logo
२७ आश्विन २०८१, आईतबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना जोखिम बढेपछि आज ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

पछिल्लो समयमा कोरोना संक्रमण जोखिम बढेपछि ललितपुर र भक्तपुरका सीडीओ आज छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

कोरोना संक्रमणको जिल्लामा आ-आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि आज ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका हुन् ।

जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

सबै जिल्लाका छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ । संयुक्त बैठक सकेसम्म आज नभए भोलि बस्ने बताइएको छ ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्