Logo
७ बैशाख २०८१, शुक्रबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वृद्धा बलात्कारको घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

सुदुरपश्चिम प्रदेश स्थित कैलालीमा ७७ वर्षीया एक वृद्धा बलात्कारको घटना आपसी मिलापत्रमा गुपचुप राख्न खोज्ने वडा सदस्यसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिक्षक, पूर्व कर्मचारी तथा वडा सदस्यहरू छन् ।घोडाघोडी ४ का पूर्व वडासचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुबेदी , वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

मंसिर १५ गते सोही ठाउँकी बृद्धालाई वर्ष ३० का सुवेदीले बलात्कार गरेको प्रहरीको भनाइ छ ।घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेको र पुरै रकम नपाएपछि घटना बाहिर आएको डिएसपी जोशीले बताए ।

‘३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो,’ उनले भने, ‘हामी हामीले घटनामा जोडिएका सबैलाई पक्राउ गरिरहेका छौं ।’

मंसिर १५ गते घटना भएपछि पुस १२ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको थियो । बलात्कार गर्ने सुबेदीलाई जबरजस्ती करणी मुद्दामा र अन्य लाई घटना लुकाएको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्