Logo
१२ बैशाख २०८१, बुधबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका यी ४ अभिनेत्री जसले हजुरआमा बन्ने उमेरमा गरे विवाह !

प्राय मानिसले विवाह छिटोनै गर्ने गर्छन् तर पछिल्लो समयमा विवाहको उमेर बढ्दै गइरहेको छ । मानिसहरु पछिल्लो समयमा आफ्नो करियरलाई फोकस गर्नतर्फ लागेको कारण पछिल्लो समयमा ढिलो विवाह गर्ने चलन बढ्दै गइरहेको छ ।

हाम्रो समाजमा २५ देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गर्छन् तर सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गरेको हामीले देख्ने गरेका छौँ । केहि कलाकारहरुको जीवनमा निकै ढिलो मात्र बिवाहले ठाउँ पाउने गरेको देख्न सकिन्छ।

नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै, ढिला विवाह गर्ने केहि बलिउड कलाकारहरु को को हुन् ?जान्नुहोस्ः

प्रिटी जिन्टा

पछिल्लो समय नायिका प्रिटी जिन्टा सामाजिक संजालबाट धेरै टाढा गइसकेकी छिन् तर पनि उनको डिम्पलका कारण उनको चर्चा सामाजिक संजालमा भइरहेको हुन्छ । तर प्रिटी जिन्टा कुनै समयमा निकै धेरै चलेकी थिइन्। धेरै समय पछि प्रिती चलचित्र ‘भैयाजी सुपरहिट’मा देखा परेकी थिइन्। उनले जेने गुडइनफसँग ४१ वर्षको उमेरमा विवाह गरेकी थिइन्।उनले २०२१ मा सेरोगेसि मार्फत दुई जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन् ।

उर्मिला मातोडकर


त्यस्तै, अर्की बलिउडकी रंगीला गर्ल उर्मिलाले मोहसिन अख्तर मीरसँग सन् २०१६ मा विवाह गरेकी थिइन्। ४२ वर्षको उमेरमा विवाह गरेकी उर्मिलाको अहिले सम्म कुनै बच्चा भने छैनन्। उनले धेरै ढिला विवाह गरेकी थिइन्।

नीना गुप्ता


बलिउडकी पुरानी नायिका नीना गुप्ताले पनि धेरै ढिलो विवाह गरेकी थिइन्। ४९ वर्षको उमेरमा विवेक मेहरासँग विवाह गरेकी थिइन् । धेरै ढिला विवाह गरेको कारण नीना गुप्तालाई हजुर आमा बन्ने उमेरमा विवाह गर्ने नायिका पनि भन्ने गरिन्छ ।

सुहासिनी मुले

बलिउडमा मात्र नभई सानो पर्दामा पनि चर्चित रहेका नायिका सुहासिनीले विवाह गरेको उमेर सुनेर धेरैलाई अचम्म लाग्न सक्छ। यी नायिकाले २०११ मा अतुल गुर्टू नाम गरेका एक डाक्टरसँग विवाह गरेकी थिइन्। सुहासिनीले पनि हजुर आमा बन्ने उमेरमा विवाह गरेकी थिइन् ।

h

 

 

 

 

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्