Logo
२६ आश्विन २०८१, शनिबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आमिक्रोनको बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको संख्या बढ्यो

छिमेकी मुलुक भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको संक्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको संख्या बढेको छ ।

कैलालीसँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोस्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको संख्या बढेको हो ।

पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिममा मनाइने माघी पर्वलाई लक्षित गरी घर फर्कनेहरुको संख्या दैनिक बढ्दै गएको छ ।

यसअघि दैनिक २५० को हाराहारीमा नेपाली फर्कने गरे पनि एक साता यता दैनिक ६ सयसम्म फर्कने गरेका छन् ।पछिल्ला तीन दिनयता गौरीफन्टामा रहेको हेल्थ डेस्कमा ६० जनामा कोरोना एन्टिजेन्ट पोजेटिभ पुष्टि भएको छ ।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार यो संख्या दैनिक बढ्दै गएको छ ।सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचमा पनि कडाइ गरिएको प्रशासनले जनाएको छ ।

तर स्वदेश फर्कनेहरुले भने भारतमा जस्तो नेपालतर्फ स्वास्थ्य चेकजाँचमा कडाइ नभएको बताएका छन् ।यसैबीच सुदूरपश्चिम प्रदेशमा फेरि कोरोनाको सङ्क्रमण बढ्न थालेको छ ।

भारतमा रोजगारीमा रहेकाहरु फर्कने क्रम बढेसँगै सङ्क्रमितको संख्या बढ्न थालेको हो ।

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्