Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा !

यतिबेला देशभर चिसो बढीरहेको छ । चिसोको कारण यो बर्षमा तराइमा २ जनाले ज्यान गुमाइसकेका छन् भने शितलहर बल्ल सुरु भएको छ ।

हामीले जाडोबाट बच्नको लागि तातो घाममा बस्ने गछौं । जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ ।

घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ ।घामले हाम्रो शरीरलाई तातो मात्र नभई प्रयाप्त मात्रामा भिटामीन डी पनि प्रदान गर्दछ । स्वास्थ्य बिज्ञका अनुसार घामले विभिन्न इन्फेक्सनबाट विरामीलाई जोगाउँछ ।

विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबैलाई मन पर्छ । घाममा बस्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको बिकास हुने स्वास्थ्य विज्ञको भनाई छ ।

कोरोनाका विरामीलाई पनि शारीरिक अनुकुलता र अवस्था हेरेर घाममा बस्नाले पनि फाइदा नै हुने चिकित्सकहरु बताउँछन् ।

विशेष गरी भर्खर जन्मेका बच्चाहरुको लागी घामको महत्व निकै रहेको छ । विश्वका सबै देशमा एकै किसिमको हावापानी नहुने हुँदा मौसम पनि फरक किसिमको छ ।

नेपालमा भने मंसिर, पुस,माघ र फागुन महिनामा बढी मात्रामा घाममा बस्ने गरिन्छ । यी महिनामा नेपालमा जाडो हुन्छ । तर पनि घामको महत्व भने सबैतिर उत्तिकै छ । खासगरी विहानको घाममा बस्दा शरीरलाई फाइदा हुन्छ ।

घामका फाइदाहरु

१. भिटामिन डी

घामको किरण छालाको सम्पर्कमा आउने बित्तिकै भिटामिन डी प्रशस्त मात्रामा पाउन सकिन्छ । जसले शरीरका हड्डीहरुलाई बलियो बनाउने काम गर्दछ । घामले जोर्नीहरुको दुखाई, चिसोबाट हुने शरीरको दुखाइ लाई समेत कम गर्दछ ।

२.शरीरको तौल घटाउन

शरीरको तौल घटाउन पनि घामको महत्व रहेको छ । सुन्दा अचम्म लाग्न सक्छ तर घाममा बस्दा घामले शरीरको कोलेस्टोरको मात्रालाई घटाउँछ । जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ ।

३. राम्रो निद्राको लागि घाम

निन्द्रा हाम्रो लागि अतिनै महत्वपूर्ण भएकाले घाममा बस्नु फाइदाजनक छ । घाममा बस्दा हाम्रो शरीरमा मेलाटोनिन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनको कारणले राम्रो र आनन्दको निद्रा लाग्छ । जसले मानसिक तनाब पनि कम हुन्छ ।

४.फंगल इन्फेक्सन

यदि हाम्रो शरीरमा कुनैपनि प्रकारको इन्फेक्सन छ भने घाममा बस्दा फाइदा पुग्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । घाममा बस्नाले ब्याक्टेरियल इन्फेक्सन हराएर जान्छ । घामले छालामा भएको समस्याहरु कम गर्छ।

५. पोलियोका बिरामी

घाममा बस्नाले पोलियो रोग लाग्ने संभावना कम हुन्छ । तर पोलियोको खोप भने लगाउन जरुरी छ । यदि पोलियो भएका बिरामीहरु छन् भने पनि उनीहरुलाई घाममा बस्दा फाइदा नै हुन्छ ।

घामको फाइदा सँगै बेफाइदाहरु पनि छन् । जाडोको समयमा जति नै घाम प्यारो भएपनि गर्मीको समयमा घाम कसैले रुचाउँदैनन् । घाम ताप्दा फाइदा भएपनि घाममा लामो समय बस्दा बेफाइदा हुने गर्दछ ।

घाममा धेरै समय बस्दा हुने बेफाइदाहरु यस्ता छन् :

१. घाममा लामो समय बस्दा छाला कालो हुने समस्या देखिन्छ ।

२. घाममा लामो समय सम्म बस्दा अनुहारमा फोका तथा बिमिराहरु देखा पर्दछन् ।

३. लामो समयसम्म घाममा बसिरहदा छालाको क्यान्सर समेत हुन सक्छ ।

विभिन्न किसिमका रोग लागेका व्यक्तिहरुले चिकित्सकसंग आवश्यक सल्लाह गरेर मात्रै घाममा बस्नुपर्छ ।एजेन्सीको सहयोगमा

 

 

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्