गठबन्धनका सांसदले दर्ता गरे राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव
राष्ट्रिय सभामा सत्ता गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा ९एकीकृत समाजवादी०का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेका छन् ।