Logo
१३ बैशाख २०८१, बिहीबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितलाई होसमा ल्याउन भियग्रा दिएपछि…!

भनिन्छ कुनै बेला चमत्कार नै हुने गर्छ । त्यस्तै घटना बेलायतमा भएको छ ।बेलायतको गेन्सबरो लिंकनशायरकी कोरोना संक्रमित एक नर्स अस्पतालले भियग्रा दिएपछि ४६ दिनपछि कोमाबाट बौरिएकी छिन् ।

कोरोनाकै कारण कोमामा गएकी महिलालाई भियग्राले संजिवनीको काम गरेको छ । यी महिला पेशाले नर्स हुन् । ३७ वर्षीय मोनिका दुई सन्तानकी आमा हुन् र उनले कोरोनाको दुबै खोप लगाएकी थिइन् ।

उनलाई अक्टोबर ३१ मा कोरोना संक्रमण देखिएको थियो । नोभेम्बर ९ मा अस्पताल भर्ना गरिएको थियो । नोभेम्बर १६ मा इन्ड्युस्ड कोमामा राख्नु एक हप्ताअघि एक हप्तासम्म सघन उपचारमा सारिएको थियो ।

प्रयोगात्मक उपचार व्यवस्था अन्तर्गत उनलाई अस्पतालले भियग्रा दिएपछि उनको होस खुलेको हो ।उनलाई भियग्रा दिने यो विचार मोनिकाकी सहकर्मीको थियो ।

द सनमा छापिएको एक समाचारका अनुसार मोनिका अल्मेइडा नामकी एक नर्स एनएचएस लिंकनशायरमा कोरोनाका बिरामीको लगातार उपचार गर्दै आएकी थिइन् । यसैबीच उनी अक्टोबरमा कोरोनाको चपेटामा आइन् ।

विस्तारै विस्तारै स्वास्थ्य बिग्रन थाल्यो र उनलाई अस्पतालमै उपचार गर्नुपर्ने भयो । त्यहाँबाट उनलाई छिट्टैनै डिस्चार्ज पनि गरियो । तर, केही दिनपछि मोनिकालाई सास फेर्न गाह्रो भयो त्यसपछि उनी पुनः अस्पताल गइन् ।

तर अस्पतालमा पनि उनको अक्सिजनको तह लगातार घट्दै गइरहेको थियो र उनलाई आईसीयूमा भर्ती गर्नु पर्‍यो । १६ नोभेम्बरमा उनी कोमामा गइन् ।

यौनसम्पर्कमा कठिनाई हुनेहरुले खाने चक्की भियग्राले शरीरको सबै अङ्गमा उच्च रक्तसञ्चार गर्न र रक्तनलीका भित्ताहरुलाई आराम प्रदान गर्दछ ।

यो औषधीले उनको स्वास्थ्यमा एक हप्तामा नै सुधार ल्याइदियो । उनलाई आवश्यक परिरहेको अक्सिजनको लेभलमा पनि आधा कटौती भयो ।

अल्मेइडाले भनिन्, ‘राउन्डमा आएका डाक्टरलाई मैले चिन्दथेँ र उनीसँग मैले ठट्टा पनि गरेँ ।’‘उनले मलाई भियग्रा​बारे बताए । म बेस्सरी हाँसे र उनले ठट्टा गरिरहेका होलान् भन्ने सोचेँ तर उनले भने, ‘होइन, ठट्टा गरेको होइन, साँचो हो । तिमीलाई भियग्राको उच्च डोज दिइएको थियो ।’’

‘मेरो लागि यो क्रिसमसको जादुजस्तै थियो,’ उनले द सनलाई भनिन् ।पोर्चुगलमा जन्मिएकी यी नर्सको स्थिति यति नाजुक थियो कि उनलाई अन्तिम पटक भेट्न पोर्चुगलबाट उनका आमाबुवासमेत आएका थिए ।

तर रक्तनीलाई चौडा पारिदिने र वायुमार्गलाई खोल्ने काम गर्ने भियग्राको प्रयोगपछि उनी डिसेम्बर १४ तारिखमा कोमाबाट ब्यूँझिइन् । उनलाई क्रिसमसको पूर्वसन्ध्यामा घर जान दिइयो ।

नाइट्रिक अक्साइडलाई शरीरभित्र प्रवेश गराउँदा जसरी अक्सिजनको स्तर बढ्छ त्यसैगरी भियग्राले पनि अक्सिजको स्तर वृद्धि गर्छ कि भनेर अनुसन्धान थालिएको छ । रातोपाटी

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्