Logo
७ बैशाख २०८१, शुक्रबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रदेश नं २ स्थित धनुषा र सप्तरीमा अत्यधिक चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिले जनाएको छ । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन्। चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्