Logo
२८ आश्विन २०८१, सोमबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चार राजनीतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ १२ गते हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश निर्वाचन कार्यालय, कैलालीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

विहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरिएको जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

यस्तै गठबन्धनका तर्फबाट भने नेपाली कांग्रेसको तर्फबाट खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले मनोनयन दर्ता गरेका हुन् ।

तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुने छ ।

 

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्